फागुन ६, सुर्खेत । नेपाल फोटो पत्रकार महासंघ कर्णाली प्रदेश अध्यक्षमा सुशील खड्का चयन भएका छन् । महासंघको सोमबार वीरेन्द्रनगरमा सम्पन्न भेलाले खड्काको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
महासंघको उपाध्यक्षमा गोविन्द केसी (दैलेख), सचिवमा ज्योती कटुवाल(दैलेख), सह–सचिवमा नविन पौडेल (सल्यान) र कोषाध्यक्षमा सीता ओली (सुर्खेत) चयन भएका छन् । यस्तै, सदस्यहरुमा नन्दराम जैशी (जुम्ला), छपाल लामा (हुम्ला), अप्सरा विष्ट (कालिकोट), बालकृष्ण डांगी (डोल्पा), कविराज कार्की (मुगु), मदन विक (दैलेख), नविन शाही (दैलेख), राकेश पौडेल ‘तिलक’ (सुर्खेत), बद्रि पन्त (जाजरकोट) र प्रिन्स चन्द (रुकुमपश्चिम) छन् । सह–कोषाध्यक्ष र एक सदस्य भने महासंघको पूर्ण बैठकले मनोनित अध्यक्ष खड्काले बताए ।
यस्तै, नेपाल फोटो पत्रकार महासंघको भेलाले सुर्खेत शाखा अध्यक्षमा यज्ञ खत्रीलाई चयन गरिएको छ । उपाध्यक्षमा नविन शाही (जाजरकोट), सचिव रेवती रमन उपाध्याय (जुम्ला) र सह–कोषाध्यक्ष लक्ष्मी पौडेल (दैलेख) चयन भएका छन् ।
यस्तै, सदस्यहरुमा दिनेश बुढा (दैलेख), जगतदल जनला विक (सुर्खेत), महेश रोकाय (सुर्खेत) छन् । कार्यसमिति कोषाध्यक्ष र बाँकी सदस्यहरुको भने शाखा सुर्खेतको बैठकले मनोनित गर्ने अध्यक्ष खत्रीले जानकारी दिए ।