फागुन ६, विरेन्द्रनगर ।कर्णालीको राजधानी विरेन्द्रनगरमा आज फागुन ६ गतेदेखी दोस्रो कर्णाली एक्स्पो महोत्सव संञ्चालन हुने भएको छ । ”समृद्ध कर्णालीको दिगो, आर्थिक विकासको आधारः अर्गानिक कृषि,पर्यटन,जलश्रोत र उद्योग हुन पुर्वाधार”भन्ने नाराकासाथ मेला १७ गतेसम्म संञ्चालन हुनेछ।
मेलाको उपराष्ट्रपति नन्दबहादुर पुनले दिउँसो एक बजे उद्धघाटन गर्ने कार्यक्रम रहेको सुर्खेत उद्योघ बाणिज्य संघका अध्यक्ष धनबहादुर रावतले जनकारी दिनुभयो। मेलाको तयारी पुराभएको भन्दै अवकेहीकाम मात्र बाँकी रहेकाले भोली सम्म सम्पुर्ण काम सकिने बताउनुभयो।
यसैबिच मेलमा हुने सम्भावित जोखिमलाई मध्यनजर गर्दै पहिलो पटक विमा गरिएको आयोजकले जनाएको छ।
आगलागी, हावाहुरीबाट भिडभाड, खेलाखेल्दा कुनै दुर्घटना भए, हाताहाती भए ६ करोडको विमा पनि गरिएको छ।
एक्स्पोमा आउने दर्शकलाई लक्षित गर्दै सुरक्षित महसुस गराउन यो पहिलो पटक प्रयोगमा ल्याईएको आयोजकले जनाएको छ।
पछिल्लो समय जिल्लामा आयोजना हुने विभिन्न किसिमका मेला महोत्सवहरु भन्दा यो पटको महोत्सव फरक हुने आयोजको दावी छ। मुलआयोजक समितिका संयोजक समेत रहनुभएका रावतले आर्थिक संकलन र नाफामुखी मात्र नभएर आम्दानीको केही प्रतिशत रकम व्यापारीको सामुहिक हितको लागि स्थापना गरिएको अक्षयकोषमा जम्मा गरिने बताउनुभयो।
विभिन्न उद्योग तथा उद्यमीहरु, कृषक तथा कृषि उत्पादनहरुको प्रचारप्रसार एवं व्यापार प्रवर्धन गरिने भएको छ। पाँचसय व्यवसायिक स्टलहरु रहने महोत्सवमा ८० वटा स्टल कृषिका मात्र रहेन उहाँको भनाई छ।
यसैक्षेत्रमै पहिलो पटक लण्डन ब्रिज (प्रवेश द्धार) सहित ब्रुजअल अरब दुबई(सेल्फी जोन)को पनि व्यवस्था गरिएको छ। छ लाख भन्दा बढी दर्शकहरुले अवलोकन गर्ने अपेक्षा गरिएको मेलामा झन्डै एक करोड तिस लाख बरार खर्च हुने अनुमान गरिएको छ।
मेलामा भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कृषिको प्रवर्धनको लागि विभिन्न शिर्षकमा ४२ लाख खर्च गर्ने भएको छ । कर्णालीका दश वटै जिल्लाका कृषक उद्यमीहरुले उत्पादन गरेका रैथाने तथा अर्गा्निक कृषि उपजहरुको प्रदर्शनी गरिनेछ।