• २०८१ चैत्र २ गते आइतवार

गोबिन्द रिजालको गजल “कोही फुलमा पनि त बिष हुन्छ नि”

पढ्न लाग्ने समय : १ मिनेट
  • गोबिन्द रिजाल

कोहि कोहि फुलमा पनि त बिष हुन्छ होईन र ?
मीठो बोली र मुस्कानमा नि रिस हुन्छ होईन र ?

भन्न त तिमिले नि भन्छौ म छु सधै तिम्रो लागी
तर आफ्नैबाटै छुरा रोप्ने कोशिस हुन्छ होईन र ?

हुन त चोकचोकमै छन अहिंसाका पक्षपातिहरू
यहाँ मन्दिरमै बली चढाउने साजिस हुन्छ होईन र ?

सधै ढाँट्ने छल्ने भएर पो मान्छे देउता भएन
नत्र मान्छेको हृदयमा पनि त ईश हुन्छ होईन र ?

कोहि कोहि फुलमा पनि त बिष हुन्छ होईन र ?
मीठो बोली र मुस्कानमा नि रिस हुन्छ होईन र ?

गजलकार गोबिन्द रिजाल दाङको सिडियो हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस