• २०८१ साउन १ गते मङ्गलवार

२४ घण्टामा थप ५०२ मा कोरोना संक्रमण

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा थप ५०२ जनामा संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसा। ३ हजार ११२ जनाको पीसीआर परीक्षण हुदाँ ५०२ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

मन्त्रालयका अनुसार यससँगै देशभर कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ११ हजार ४७५ पुगेको छ भने निको हुनेको संख्या १ लाख ७९ हजार २४२ पुगेको छ ।बितेको २४ घण्टामा २ हजार ८७८ जना संक्रमणमुक्त भएका छन् भने थप १७ जनाको मृत्यु भएको छ । यस्तै देशभर मृत्यु हुनेको कुल संख्या १ हजार २४७ पुगेको छ भने सक्रिय संक्रमितको संख्या ३० हजार ९८६ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस