कार्तिक १, कास्की ।आउदै गरेको बिजया दशमी, शुभ दिपावली, छठ तथा ईद पर्वको पावन अवसरमा यस कार्यालयबाट तयार गरिएको “चाडपर्व बिशेष सुरक्षा योजना -२०७७” बमोजिम जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. ९ पृथ्वीचोक स्थित यात्रु सहायता कक्षको स्थापना गरी कास्की जिल्ला भित्रीने मुख्य नाका छोरेपाटन, मजुवा र जौबारीमा यात्रु सँग १ मिनेट कार्यक्रम सञ्चालन गरिएको छ ।
यस जिल्ला प्रहरी कार्यालय कास्कीका कार्यालय प्रमुख प्रहरी उपरीक्षक जीवन कुमार श्रेष्ठज्यूको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको उक्त कार्यक्रममा चाडपर्व लक्षित गरी हुनसक्ने सवारी आवागमनमा बृद्धि, ट्राफिक व्यबस्थापन, बढी भाडा असुली, क्षमता भन्दा बढी यात्रु बोक्ने तथा सवारी दुर्घटना हुनसक्ने अबस्थालाई मध्यनजर गर्दै यात्रु सहायता कक्षको स्थापना गरिएको छ।
साधनबाट बढीभाडा लिए/ नलिएको, सिट भन्दा बढी यात्रु राखे/ नराखेको, बिश्वब्यापी रुपमा फैलिरहेको COVID-19 (कोरोना भाईरस) सम्बन्धी सुरक्षा सावधानी अपनाए/ नअपनाएको अनुगमन गर्नको लागी मुख्य नाका छोरेपाटन, मजुवा र जौबारीमा यात्रु सँग १ मिनेट कार्यक्रम सञ्चालन गरी सो सम्बन्धी यात्रु महानुभावहरुलाई जानकारी गराउनुको साथै सुरक्षा सम्बन्धी पर्चा पम्पलेट समेत बितरण गरिएको थियो ।