आश्विन १, बुटवल । रुपन्देहीको देवदहस्थित क्वारेन्टिनमा बसेका एक युवाले आत्म ह’त्या गरेका छन् । प्रहरीका अनुसार देवदह नगरपालिका–४ सेमरानास्थित जनजाती भवनको क्वारेन्टिनमा बसेका सोही स्थानका २५ वर्षीय पिताम्बर पाण्डेले झुण्डिएर आत्म ह’त्या गरेको हो ।
प्रदेश प्रहरी कार्यालयका अनुसार उनी भदौ १७ गते भारतबाट आइ सोही क्वारेन्टिनमा बस्दै आएका थिए ।