असोज १, विराटनगर । विराटनगरस्थित कोशी अस्पतालको आइसोलेसन वार्डमा बुधबार राति एक बृद्धको मृत्यु भएको छ ।स्वास्थ्यमा समस्या आएपछि बुधबार राति ११ बजे अस्पताल भर्ना भएका विराटनगर ६ का ६६ बर्षीय बृद्धको एक घण्टापछि मृत्यु भएको थियो ।
उनको मृत्युपछि विहीबार रिपोर्ट पोजेटिभ आएको सो अस्पतालले जनाएको छ । ज्वरो खोकी र सासफेर्न समस्या भएपछि आफन्तले उनलाई विराटनगरस्थित लाइफगार्ड हुदैं कोशी अस्पताल पु-याएका थिए ।