• २०८२ जेष्ठ १ गते बुधवार

भ्रामक समाचारप्रति त्रिवेणी गाउँपालिका रोल्पाको आपत्ति

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असाेज ०१, राेल्पा । केहि संचारमाध्याममा आएको समाचारप्रति रोल्पाको त्रिवेणी गाउँपालिकाले ध्यानाकर्षण भएको जनाएको छ। त्रिवेणी गाउँपालिकाको “विद्युत पोल खरिद प्रकरणमा गाउँपालिका अध्यक्ष शान्त कुमार वली विवादमा” भन्ने शिर्षकमा प्रकाशित समाचारप्रति गाउँपालिका कार्यालयले आपत्ति जनाएको हो।

आर्थिक बर्ष २०७६/०७७को विनियोजित बजेटको हिनामिना गरेर वडा नम्बर ३ र त्यहाँको स्थानीय बासिन्दालाई जोडेर कपोकल्पित भ्रामक समाचारप्रति घोर भ्रत्सना गर्दै गाउँपालिका अध्यक्ष त्यस्ता प्रकारको कुनै पनि कार्यमा संलग्न नभएको स्पष्ट पारिएको छ।

Pratigya Magar को फोटो।

प्रतिक्रिया दिनुहोस