• २०८१ भाद्र २५ गते मङ्गलवार

राष्ट्रपति भण्डारीद्वारा राष्ट्रियसभामा उपाध्यक्ष गौतम मनोनीत

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

आश्विन १, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी  नेकपाका उपाध्यक्ष वामदेव गौतम राष्ट्रियसभामा रिक्त १ सदस्यमा मनोनीत हुनुभएको छ । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले उपाध्यक्ष गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनीत गर्नुभएको हो ।

राष्ट्रपति भण्डारीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले पठाएको सिफारिसका आधारमा तत्कालै नेता गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनीत गर्नुभएको हो । गौतमको राष्ट्रियसभा सदस्यको पदावधि ६ वर्ष हुनेछ । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेता गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस