भाद्र १ , काठमाडौँ । थप ५८१ जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या २७ हजार २ सय ४१ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार उपत्यकामा १६८ संक्रमित थपिएका छन् । उनीहरुमध्ये काठमाडौँका १३९ जना छन् भने ललितपुरका १५ र भक्तपुरका १४ जना छन् । यस्तै पर्साका ७७ जना, बाराका ५९, मोरङका ४०, रुपन्देहीका ३२, सुनसरीका ३१, प्युठानका २८, बाँकेका २४, सर्लाहीका १७, कैलालीका १६, कास्कीका १५, कञ्चनपुरका १२ र रौतहटका ११ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यस्तै झापाका ८ जना, सिन्धुपाल्चोकका ५, काभ्रे, स्याङ्जा, मकवानपुर र धादिङका ४र४ जना, धनुषा र जुम्लाका ३र३ जना, महोत्तरी, नवलपुर, कपिलवस्तु, तनहुँ र दाङका २र२ तथा सल्यान, सप्तरी, डडेलधुरा, दैलेख, सुर्खेत, अर्घाखाँची, चितवन र नुवाकोटका १र१ जनामा पनि संक्रमण देखिएको छ ।
मन्त्रालयका अनुसार आज १६० डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या १७ हजार ४ सय ९५ जना रहेको छ भने मृत्यु हुनेको संख्या १०७ जना पुगेको छ ।