भाद्र १ , काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीचको छलफल स्किएको छ । नेकपा सचिवालय बैठक सकिएलगत्तै सभापति देउवा बालुवाटार पुगेका थिए । सभापति देउवा नेता रमेश लेखकलाई साथै लिएर बालुवाटार पुगेका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
भेटवार्तामा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को पनि सहभागिता थियो । भेटवार्तामा वर्तमान कोरोना सङ्कट र समाधानका विषयमा छलफल भएको बताइएको छ । त्यस्तै, लामो समयदेखि रिक्त रहेका संवैधानिक आयोगको पूर्णताका लागि पनि बैठकमा छलफल भएको बैठकमा सहभागी काँग्रेस नेता रमेश लेखकले जानकारी दिए ।