भाद्र १, काठमाडौं । नेपालको पोल्ट्री क्षेत्रका एक महाहस्ती भ्याली ग्रुपका संचालक श्रीकृष्ण घिमिरेको निधन भएको छ । नेपाल दाना उद्योग संघका केन्द्रीय समितिका पूर्व उपाध्यक्ष समेत रहेका घिमिरेको सोमबार बिहान निधन भएको हो ।
नेपालको पोल्ट्री व्यवसायलाई व्यवसायिकतामा ल्याउन महत्त्वपुर्ण भुमिका खेलेका घिमीरेको ६७ वर्षको उमेरमा हृदयघातका कारण निधन भएको हो ।