देशमा काम नपाए हिड्छन तन्नेरी उस्तै,
परदेशी नारकिए जिवन हुन्छ फेरी उस्तै।
रहर भएर के भयो आफ्नो देशमा बसने,
यँहा सरकार को ब्यबहार छ अटेरी उस्तै।
मार्ने भयो रोग भोक र सोकले गरिबलाई,
सरकारले नी गरिबलाई कर मा बेरी उस्तै।
समाजमा पनि उस्तै जातीय खिचलो हुँदा,
मरेर जानेहो भाई भाईमाछ तेरी मेरी उस्तै।
बर्षातले डुब्छ तराई छिमेक सिमाना वारी,
पल्टिन्छन बगरमै गण्डकि अनि भेरी उस्तै।
लड्छन भ्रष्टचारीको बिरुद्ध सडक मा सदै,
लड्छन उनैलाई जोगाउँन संसद घेरी उस्तै।
फाल्न ता फाले राणा राजा यीनै जनता ले,
मान्छे फरक तर ब्यबस्थाछ हेर्दा खेरी उस्तै।
भन्छन कवीको नजर कता कता पुग्छ यार,
पठाउँछ कथाहरु कलम ले केरी केरी उस्तै।