• २०८१ माघ २६ गते शनिवार

दुई प्रहरीले सवारी साधनसंँग पैसा लिएको उजूरीका आधारमा निलम्बित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ १,सिन्धुली । जिल्ला प्रहरी कार्यालयले दुई प्रहरीलाई निलम्बन गरेको छ । सवारी साधनसंँग पैसा लिएको उजूरीका आधारमा दुई प्रहरीलाई निलम्बन गरेको हो । उनीहरुले बा ६ ख ५५६३ नम्बरको सवारी साधनसंँग रकम लिएको उजूरी परेको र आर्थिक प्रलोभनमा परी आफूलाई दिइएको जिम्मेवारी इमान्दारी साथ निर्वाह नगरेको जनाउँदै निलम्बन गरिएको कार्यालयले जनाएको छ ।जिल्ला प्रहरी कार्यालयले प्रहरी नायब उपरीक्षकको संयोजकत्वमा निजहरुमाथि थप छानबिन गर्न समिति गठन गरेको जनाइएको छ ।


वाग्मती प्रदेश प्रहरी कार्यालयका सूचना समन्वय अधिकृत (प्रहरी निरीक्षक) रोशन थापाले आफ्नो काममा इमान्दारी प्रदर्शन गर्ने प्रहरी कर्मचारीलाई पुरस्कृत गर्ने र गैरव्यावसायिक कार्यमा संलग्नलाई कारवाही गरी प्रहरी सेवालाई मर्यादित बनाउने कार्यलाई वाग्मती प्रदेश प्रहरीले विशेष अभियानका रुपमा सञ्चालन गरिरहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस