• २०८२ जेष्ठ २ गते बिहिवार

नेकपाको बैठक सम्पन्नः गर्यो ७ वटा महत्वपूर्ण निर्णय (सूचीसहित)

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ १,काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकले आज विशेष गरी ७ वटा निर्णयहरु गरेको छ । पार्टी भित्रको विवाद समाधान तथा सरकारलाई जनमुखी बनाउँदै लैजाने विषयमा भएको छलफल प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रस्ताव अनुसार नै काम भएको पार्टीका प्रवक्ता नारायण काजी श्रेष्ठले जानकारी दिनुभयो । कार्यदलको प्रतिवेदन आएपछि मात्र मन्त्रीमण्डल परिवर्तन गर्ने विषयमा छलफल हुने समेत उहाँले जानकारी गराउनुभयो ।

सचिवालयको बैठकले गरेको निर्णयहरु

१. पार्टी र सरकार भित्र देखापरेको समस्याको समाधान र संकटलाई समाधान गर्ने गरी टुङ्गोमा पुर्याउने,

२. अध्यक्षद्वयद्वारा गठित कार्यदललाई सकारात्मक रुपमा लिँदै बैधानिकता दिएको वा कार्यदललाई अनुमोदन,

३. राष्ट्रका लागि पार्टी र सरकार सञ्चालनका सवालमा कार्यदलले दिएको सुझावालई प्रभावकारी ढंगले काम गर्न दृढताका साथ सहयोग गर्ने,

४. पार्टीको संकट निवारणको निम्ती दुई अध्यक्षले सहयोगको निम्ती कार्यदल गठन गर्नु उपयुक्त भएको र कार्यदलले दिएको सुझावसहित छिटोभन्दा छिटो समस्या समाधान गर्ने,

५. कार्यदलले दिएको सुझावलाई आधार मानि पार्टी एकताको महाधिवेशनमा जाने गरी तयारी गर्ने,

६. केही दिनभित्रमा नै समस्या समाधान हुने,

७= कार्यदलले प्रतिवेदन अध्यक्षद्वयसमक्ष प्रस्तुत गर्ने र बैठकमा आउनेछ ।

प्रतिक्रिया दिनुहोस