भाद्र १ , बैतडी । पुर्चौडि नगरपालिका वडा नम्बर १० मा बस्ने सुरेन्द्र बिष्टको परिवारलाई कुटपिट गरेका छन । विष्टको सम्पुर्ण परिवारलाई साझ पख एक्कासि विस्टका गाउँका छिमेकिले बिष्टको परिवारलाई कुटपिट गरेका कुरा बाहिर खुलासा भएको छ ।
जस्ले पिटेका थिए उहाले स्वयम् नगरपालिकामा र प्रहरि प्रशासनमा पिडितको नाममै मुद्धा हालेका छन् । सुरेन्द्र विष्ट भन्नु हुन्छ ,गरिबको कानुन छैन ? धनि व्यक्ति भयर उहाले मेरो सम्पूर्ण परिवारलाई कुटपिट गरे फेरि उहाँले नै मेरो पिडित आमा बाबाको नाममा मुद्धा हालेका छन् । सुरेन्द्र विष्ट भन्नुहुन्छ , मेरै घरमा मेरा सम्पूर्ण परिवारको ज्यानलिने उद्धेश्यले आएका थिए । खुकुरी प्रहार गरि आमाको घाटिमा भएको तिलहरी पनि चुडेर लगिएको छ प्रहरिमा उजुरी गरेको ५र७ दिन बितिसक्दा पनि पिडितको कुनै सुनुवाई नभएर कार्यवाही समेत गरेका छैन्न भनेर सुरेन्द्र बिष्टले बताउनु बताए ।
उहा कुटपिट गर्ने खुलेआम घुमिरहेका छन् । पीडितलाई बैतडी जिल्ला अस्पतालमा उपचार सम्भव नभयपछि धनगढी रेफर गरिएको छ ।तिनजना बाबु छोरा एक्कासि आएर केहि कुरा नगरि हातपात गरि उहाको परिवारलाई कुटपिट गरे र खुकुरी समेत प्रहार गरेका छन् । खुकुरी समेत प्रहार गर्दा सामान्य केस हो भनेर प्रहरिले पनि कुने वास्ता नगरेको भनेर सुरेन्द्र बताए ।
दोषि तेजबहादुर विस्ट, दुरे बहादुर विष्ट, तेजबाहादुरको दुबै छोरा साझको बेला चार जनाको हुल गयर एक्कासि हातपात विष्टको परिवारलाई कुटपिट गरेका थिए । कुटपिट गरेर विष्टको परिवारलाई धनगढी रेफर गरिसक्दा पनि प्रहरीले सामान्य हो भनि कसैलाई कार्बाही नगरेको भनेर सुरेन्द्र बिष्टले बताए । कुटपिट गरेर विष्टको परिवारलाई झन धम्की दिइरहेका रहेछ म सङ्ग डिएसपी छन् तिमीहरु सङ्ग को छन् भनेर धम्कि समेत दिरहेका छन्। पीडितका सिमा देबि बिस्ट उमेर ९० बर्ष रण बहादुर बिष्ट उमेर ७० बर्ष हासा देबि बिस्ट उमेर ६५ बर्ष मन बाहादुर बिष्टले उमेर ३५ बर्ष गम्भिर घाईते भएका छन् ।