• २०८२ बैशाख १७ गते बुधवार

चितवनमा थप ११ जनामा कोरोना पुष्टि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ १, चितवन । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा आइतबार राति गरिएको परीक्षणमा चितवनका १० र मकवानपुरका एक जना गरी ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।भरतपुर महानगरपािलकामा चार महिला र तीन पुरुष गरी सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै राप्ती नगरपालिकाका दुई जना बालिकासहित तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु १५ देखि ८६ वर्ष उमेर समूहका छन् ।

त्यसैगरी भरतपुरस्थित आशा अस्पतालमा उपचाररत मकवानपुरको हेटौंडाका ६० वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस