भदौ ,१ मुगु लकडाउनको समयमा जिल्लामा एक सरकारी कार्यालयले उदारणिय काम गरेको छ । लकडाउनको समय लाई सदुपयोग गर्दे डिभिजन वन कार्यालय मुगुले राजस्व संकलनमा वृद्धि गरेको छ । कार्यालयले विभिन्न प्रकारका शिर्षकमा राजस्व संकलनमा वृद्धि गरेको हो । कार्यालयले गत आर्थिक वर्षमा २०७५÷७६ मा ३३ लाख ९२ हजार राजस्व संकलन गरेको छ । जसमा जडिबुटिमा ३१ लाख ५६ हजार राजस्व संकलन गरेको छ भने त्यस्तै काठमा २ लाख १४ हजार ८ सय , अन्यमा २० हजार ८ सय राजस्व संकलन गरेको डिभिजन वन कार्यालयले जानकारी दिएको छ ।
कार्यालयका अनुसार आर्थिक वर्ष २०७६-७७ मा जसमा जडिबुटि तर्फ २० लाख ८० हजार , त्यस्तै काठ तर्फ १ लाख ३० हजार र अन्यमा ३१ हजार गरि जम्मा ३२ लाख ७१ हजार राजस्व संकलन गरेको डिभिजन वन कार्यालय मुगुका सुचना अधिकारी बसन्त कुमार शाहीले जानकारी दिए ।
शाहीका अनुसार सबै भन्दा बढि राजस्व संकलन हुने जडिबुडिमा , सेतो चिनि , सुघन्धवाल , घुच्ची च्याउ , बाट बढि राजस्व संकलन भएको बताए । त्यस्तै काष्ठ जन्यमा धुपी , सल्लो , रिठो , पिपल , लगायतका अन्य विरुवाहरु बाट राजस्व संकलन भएको शाहीको भनाई रहेको छ ।यो बर्ष अन्य मुगु जिल्लामा पाईने बन पैदावार र जडिबुटी बाट राम्रो राजश्व उठेपनि मुगु जिल्लाको मुगमकामारोङ्ग गाँउपालिकाको बिभिन्न स्थानमा पाईने बहुमुल्य जडिबुटी यासागुम्बा संकलनमा मुगमकामारोङ्ग गाँउपालिकाले संकलनमा रोक लगाए पछि यासागुम्बा बाट राजश्व भने शुन्य उठेको डिभिजन बन कार्यालयले जनाएको छ ।