• २०८१ असार ९ गते शनिवार

घरमै बसौं स्वस्थ रहे, बाँचे फेरी घुमौला : एसएसपी ढकाल

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

भदौ  १, काठमाडौँ। लकडाउन भएकोले आम नागरिक घरभित्रै छन्। तर, ट्राफिक प्रहरी भने लकडाउनलाई सफल बनाउन सडकमा खटिएका छन्। काठमाडौं उपत्यकाका लाखौं सवारी व्यवस्थापनको जिम्मेवारी ट्राफिक प्रहरीको काँधमा छ । लकडाउनको समयमा सरकारले ल्याएको लकडाउन सवारी नीति कार्यान्वयनको मुख्य जिम्मेवारी पनि ट्राफिककै काँधमा छ ।२४ सै घण्टा सडकमा खटिने ट्राफिक प्रहरीलाई कोरोनाको भन्दा पनि नागरिकलाई कसरी सुरक्षित राख्ने भन्ने चिन्ता छ ।

सर्वसाधारणको चिन्तालाई आत्मसाथ गर्दै हरेक क्षण सडकमै रहेर आफुले पाएको जिम्मेवार ईमानदारीका साथ निभाउदै ट्राफिक प्रहरी ।नेपाल सरकारले लागु गरेको लकडाउनकाे पुर्ण रुपमा पालना गराउदै सडकमा निस्केका सार्वजनिक सवारीसाधनकाे चेकजाँचमा कडाइ गर्दै सर्बजनिक यातायातमा सामाजिक दुरि कायम भय नभएको निरिक्षन समेत ट्राफिक प्रहरीले अनुगमन गरेको छ ।कोरोनाको उच्च जोखिममा रहेका ट्राफिक प्रहरीको अवस्था पनि उस्तै छ। २४ घण्टा सडकमा खटिने प्रहरीलाई कोरोनाको भन्दा पनि नागरिकलाई कसरी सुरक्षित राख्ने भन्ने चिन्ता छ। सर्वसाधारणको चिन्तालाई आत्मसाथ गर्दै हरेक क्षण सडकमै रहेको महानगरीय ट्राफिक प्रहरी प्रमुख एसएसपी भीम ढकालले जानकारी दिए।

आफूहरू रात बिहान नभनी सर्वसाधारणको लागि खटेको भन्दै उनले घरमै बसिदिन आग्रह गरे। ‘हामी ट्राफिक प्रहरी सिमित स्रोत साधनका बाबजुत सडकमा खटिएका छौं, हामीले आफ्नो होइन आम नागरिकको ख्याल गर्दै आएका छौं। यो कुरा सबैले बुझ्न जरुरी छ’, उनले भने, ‘हामी बिहान, बेलुका, राती नभनी २४ सैं घण्टा सडकमै छौं।’नेपाल सरकारबाट भएका निर्णयहरू पूर्ण रूपमा पालन गर्न, अनिवार्य मास्कको प्रयोग गर्न, भिडभाड नगर्न, अत्यावश्यक सेवा र कामबाहेक सवारी साधन नचलाउन र सर्बसाधारणलाई घरबाट ननिस्कन समेत ट्राफिक प्रहरीले सम्पुर्ण आम नागरिकलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस