• २०८१ माघ ८ गते मङ्गलवार

प्रभावकारी ढंगले अगाडी बढ्न प्रदेश ५ प्रहरी प्रमुख र जिल्ला प्रहरी प्रमुख बिच सम्झौता

सागर थापा पढ्न लाग्ने समय : २ मिनेट

भाद्र १, दाङ । प्रदेश नं. ५ अन्तर्गत जिल्लाका प्रहरी प्रमुखहरु तथा ५ नं. प्रदेश प्रहरी प्रमुख बिच कार्यसम्पादन सम्झौता भएको छ । ५ नं. प्रदेश प्रहरी कार्यालय तुल्सीपुरका कार्यालय प्रमुख प्रहरी नायब महानिरीक्षक डिआइजी रबिन्द्र बहादुर धानुक र प्रहरी तालिम केन्द्र बुटवल, दंगा नियन्त्रण प्रहरी गण सुनवल, सशस्त्र प्रहरी गण खजुरा बाँके, प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवल, जिल्ला प्रहरी कार्यालय १२ तथा नेपाल प्रहरी स्कूल घोराही दाङ समेत १७ वटा मातहत कार्यालयका कार्यालय प्रमुखहरुबिच कार्य सम्पादन सम्झौतामा हस्ताक्षर भएको हो ।

कार्य सम्पादन सम्झौतापछि ५ नं. प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक डिआइजी धानुकले आफु मातहत कार्यालयका प्रमुखहरुलाई सम्झौतामा उल्लेखित लक्ष्य पुरा गर्न प्रभावकारी ढंगले अगाडी बढ्न निर्देशन दिएका थिए । सम्झौतामा उल्लेखीत लक्ष्य प्राप्तीकालागि स्पष्ट कार्य योजनाका साथ सम्पूर्ण प्रहरी इकाई तथा कर्मचारीहरुलाई पूर्ण लगनशील र प्रतिवद्धताका साथ परिचालन गर्न प्रहरी नायब महानिरीक्षक डिआइजी धानुकले निर्देशन दिएका थिए । सोही अवसरमा ५ नं. प्रदेशको नागरिकको शान्ति सुरक्षाको प्रभावकारी व्यवस्थापन, अपराध नियन्त्रणका साथै अपराध अनुसन्धान तथा सवारी दुर्घटना न्यूनिकरणको लागि प्रविधियुक्त अनुसन्धान प्रणालीको विकास, आर्थिक अनुशासन र पारदर्शिता, मानव अधिकार संरक्षण र सामुदायीक केन्द्रीत प्रहरी कार्यहरुलाई मुख्य प्राथमिकता दिने कार्य गर्न प्रहरी नायब महानिरीक्षक डिआइजी धानुकले निर्देशन दिएका छन।

वर्षायामको समय रहेकोले प्राकृतिक रुपमा आईपर्ने विपद्को व्यवस्थापनको लागि उद्दार सामग्री सहित जनशक्तिलाई तयारी हालतमा राख्न निर्देशन दिदै डिआइजी धनुकले कोभिड १९ महामारीको समय रहेकोले सदैव अग्रपंक्तिमा रहने नेपाल प्रहरीले कर्तव्य पालनाको सिलसिलामा आवश्यक सावधानी र सुरक्षा अपनाउनका लागि मातहतका प्रहरी अधिकृतहरूलाई निर्देशन समेत दिएका थिए ।

प्रतिक्रिया दिनुहोस