• २०८१ माघ ८ गते मङ्गलवार

बाँकेमा जबरजस्ती करणीका फरार अभियुक्त पक्राउ

महेन्द्र सिंह पढ्न लाग्ने समय : १ मिनेट

भाद्र १, बाँके । डुडुवा गाउँपालिका वडा नं. ५, बाहुन बगैचामा १२ वर्षीया बालिकालाईव जबरजस्ती गरेर फरार रहेका २२ वर्षीय मोहनविक्रम शाहीलाई पक्राउ गरिएको हो । इलाका प्रहरी कार्यालय, कम्दीको टोलीले शाहीलाई पक्राउ गरेर जिल्ला पठाएको छ । शाहीलाई जिल्ला अदालतले तीन वर्ष ११ महिना १६ दिन कैद सजाय तोकेको छ ।

यसैबीच, इलाका प्रहरी कार्यालय, धनौलीले उढरापुरका सनिमा बानो खाँलाई ज्यान मार्ने उद्योग गरी फरार रहेका सुग्मी खाँ, हुसुनु बानो खाँ र सविर खाँलाई पक्राउ गरेको छ । बाँके प्रहरीले फरार अभियुक्तहरुलाई पक्राउ गर्ने अभियान चलाएको छ ।

प्रतिक्रिया दिनुहोस