• २०८१ जेष्ठ १४ गते सोमवार

पुनर्वासमा जङ्गली हात्तिको आक्रमणबाट मोटरसाइकलमा क्षति, चालक भने जोगिए

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

श्रावन २, कञ्चनपुर । कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वास नगरपालिकामा जंगली हात्तीको बथान बिगत बर्षहरूमा झै यस वर्ष पनि प्रबेश गरेको छ।

आज बिहान करिब ६ बजे पाउरोटी उद्योगबाट पाउरोटी लिएर पुनर्वासको भिमबस्ती,अमरबस्ती जाने क्रममा दोदा पुल पुग्नु अघि अचानक जङ्गली हाथी बाटोमा जम्काभेट हुदा उक्त हाथीको आक्रमणबाट एकजना पुनर्वासी सकुशल जोगिन सफल भएको छ।

पुनर्वास-५ स्थित थापा पाउरोटी उद्योगको सेल्स मेनको रुपमा काम गर्दै आएका पुनर्वास-७,उदरीका ३१ वर्षीय लब्रु राना सकुशल जोगिएका हुन् ।

पुनर्वासको प्रतिभानगर जोड्ने लोकतान्त्रिक मार्गको किनारामा लगाएको पपुलरको रुखहरु नजिकै हात्तीको बथान देखेपछि भाग्न सफल भई सकुशल जोगिन सकेको जानकारी प्राप्त भएको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले जनाएको छ ।

हात्तिले उनको मोटरसाइकलमा पुर्ण रुपमा क्षति पुर्‍याएको छ । यस बिषयमा कुण्डा सब बन डिभिजन कार्यालयका प्रमुख दिनेश कुमार यादवले मानवीय क्षति भने भएको छैन। सबैजना सतर्कता अपनाई बालीनाली र थप कुनै क्षति हुन नदिन उक्त लोकतान्त्रिक मार्ग र गणतन्त्रिक मार्गमा आवतजावत नगर्दिन आग्रह गर्नुभएको छ।

घटना पछि पुनर्वास नगरपालिकाले पनि भारतको दुधुवा नेशनल पार्कबाट केही संख्यामा हात्तीको बथान पुनर्वासको लोकतान्त्रिक मार्गतिर प्रवेश गरेको हुँदा खेतबारीमा काम गर्ने किसान , यात्रु नगर बासीहरुमा सचेत र सुरक्षीत रहन अनुरोध गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस