• २०८२ जेष्ठ १ गते बुधवार

वर्षा सुरु भएसङ्गै दैलेखका विभिन्न ठाउँमा पहिरोले क्षति

राजेन्द्र बहादुर रोकाया पढ्न लाग्ने समय : ३ मिनेट

श्रावण २, दैलेख । वर्षा सुरुभए सङ्गै दैलेखका विभिन्न ठाउँमा पहिरोले क्षति गरेको छ । बिहिबार साझबाट शुक्रबार विहानसम्म परेको पानीले सात परिवार विस्थापीत र आठओटा घर उच्च जोखिममा रहेको बताइएको छ ।

पहिरोले स्थानिय रामबहादुर आलेको घर पुर्ण रुपमा क्षति भएको र ५४ वर्षिय रामबहादुर आले सहित उनका ५० वर्षिय श्रीमती चन्द्रा आले गम्भिर घाइते भएकी र १६ वर्षिय छोरा भिम बहादुर आले गम्भिर घाइते भएको प्राथमिक उपचारमा खटिएका सामुदायिक स्वास्थ्य इकाई बाहाकोटका इन्चार्ज अन्जिर कुमार शाहिले बताए । त्यस्तैे आलेको घर पुर्ण रुपमा क्षति भएको छ र ठुलो खुडखुडि गाउँमा करिब १३ घरहरु जोखिमा रहेको गाउ नै अन्त सुरक्षित ठाउँमा सार्ने तयारी भइरहेको र घाइते भएका आलेको परिवारलाई उपचारको लागि सुर्खेत पठाइ सकिएको वडा अध्यक्ष कर्ण बहादुर शाहीले बताए ।

साविको वडा नं ३ मा तिनवटा घर उच्च जोमिमा रहेको स्थानिय इन्द्र गौतमले बताए । उच्च जोखिममा रहेका घरहरुमा रुपक खप्तडि, कलम रास्कोटी, नेत्र बहादुर शाहिकाघरहरु उच्चजोखिममा रहेका र अन्य ५ घर जोखिमा रहेको गौतमले बताए । त्यस्तै साविकको ६ नं वडामा हर्क बहादुर लामिछानेको एक हलगोरु र एउटा भैँसी समेत पहिरोले बगाएको गौतमले बताए ।

सात घरपरिवार विस्थापित, खानेपानीको पाँचवटा मुहान र विद्यालय बगायो

विहिवारसाँझदेखि विहानसम्म परेको मुसलधारे वर्षाले गाँउपालिकाको वडा नं तिनकान सात घरपरिवार विस्थापीतभएको र विद्यालयको दुइकोठा भएको भवन बगाएको र तुसारे खानेपानीको पाँचवटा मुहानमा पुर्णरुपमा क्षति गरेको वडा नं ३ का वडा सदस्य बल बहादुर बुढाले बताए । उनका अनुसार विस्थापित हुनेमा साविकको वडा नं १ बजायाका पदम कामी, शक्तिकामी, केश कामी, सार्के कामी, डम्बर भण्डारी र इन्द्र गौतमको परिवार विस्थापीतभएको सदस्य बुढाले बताए ।

No description available.

यस्तै पहिरोमा परि घाइते भएकाहरुलाइ उद्धार गरि सकिएको र उपचारका लागि सुर्खेत ल्याइएको र विस्तापित परिवारलाई सुरक्षित रुपमा नजिकैको स्कुलमा सारिएको गाउँपालिकाका अध्यक्ष धिर बहादुर शाहिले बताए ।

भैरवी गाँउपालिका ७ अधिकारि टोलका सात परिवार विस्थापित

भैरवी गाउँपालिका ७ को गैरासरुमा रहेको अधिकारी टोलमा पहिरो जादा अधिकारी टोलका सात घरपरिवार विस्थापित भएका छन् ।

No description available.

विहिवार राति देखि परेको अविरल वर्षाका कारण पहिरो जाँदा स्थानिय नारायण अधिकारीको दुइवटा घरमा पुर्ण रुपमा क्षति पुर्‍याएको र अन्य घर उच्च जोखिममा रहेको स्थानिय डेबिट अधिकारीले बताए । उनले भने पहिरोले घर साँझ नै पुरेपछि साँझदेखि नै पानीमा भिज्दै खुल्ला आकाशमा बसेका र अन्य बस्तीको पनि समस्या उस्तै रहेको स्थानिय अधिकारीले बताए । उनका अनुसार अधिकारी टोलमा बसेका सम्पुर्ण घरहरु जोखिममा रहेको बस्तिलाई अन्त नसारे ठुलो क्षति हुनेछ । भैरवी वडा नं ७ का वडा अध्यक्ष छविराम आचार्य उद्धार तथा राहतका लागि घटनास्थलमा पुगिसकेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस