• २०८२ बैशाख ६ गते शनिवार

थप १ सय १ जना कोरोनाभाइरस संक्रमित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

श्रावण २, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा थप १०१ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कूल संक्रमितको संख्या १७ हजार ४४५ जना रहेका छन् ।

मन्त्रालयका अनुसार थप संक्रमितमा लम्जुङका २२, रोल्पाका १३, बर्दियाका १०, धनुषाका ८, रौतहटका ८, तनहुँका ७, दाङका ५, बाराका ३, नवलपरासी पूर्वका ३, झापाका २, मोरङका २, पर्साका २, भक्तपुरका २, नुवाकोटका २, सप्तरी, मकवानपुर, सिन्धुली, काभ्रे, काठमाडौँ, पाल्पा, रुपन्देही, सल्यान, रुकुम पश्चिम, डडेलधुरा, बझाङ र डोटीका १-१ जना रहेका छन् ।

नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ८५ जना कोरोनाभाइरसका संक्रमित निको भएका छन् । योसँगै नेपालमा निको हुनेको संख्या ११ हजार ५३४ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस