• २०८२ बैशाख १६ गते मङ्गलवार

उपत्यकामा आज हुने कार्यक्रमहरु

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

श्रावण २, काठमाडौं । उपत्यकामा आ हुने कार्यक्रमहरु निम्न रहेका छन ।

१.क्रियाशील पत्रकार महिला तथा विपद पत्रकारिता सञ्जाल, DJN काे अायाेजना तथा काठमाडौं महानगरपालिका र बर्नमाउथ युनिभर्सिटीकाे सहयाेगमा स्वास्थ सामग्री वितरण कार्यक्रम हुने ।
स्थान:-WWJ सचिवालय,अनामनगर ।
समय:-१०:४५ बजे ।

२.नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटिको बैठक बस्ने ।
स्थान:-प्रधानमन्त्री निवास,बालुवाटार ।
समय:-११:०० बजे ।

३.राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक बस्ने ।
स्थान:-समितिको सभाकक्ष,सिंहदरबार ।
समय:-११:०० बजे ।

४.औषधी व्यावसायिहरुले विभिन्न माग राखी औषधी ब्यबस्था बिभागको कार्यालयमा धर्ना दिने ।
स्थान:-औषधी ब्यबस्था बिभाग कार्यालय,बिजुली बजार ।
समय:-११:०० बजे ।

५.विद्यायन ब्यबस्थापन समितिको बैठक बस्ने ।
स्थान:-समितिको सभाकक्ष,सिंहदरबार ।
समय:-११:३० बजे ।

६.राष्ट्रवादी नागरिक समाज नेपालले राजतन्त्र पुनर्वहालिका लागि,रुकुम हत्याकाण्डमा पिडितलाई न्यायका लागि र एमसीसी सम्झौताको विरोधमा नागरिक सभा कार्यक्रम गर्ने ।
स्थान:-शान्तिवाटिका,रत्नपार्क ।
समय:-१३:०० बजे ।

७.कोरोन पिडित संयुक्त संघर्ष समितिले लकडाउन अवधिभरको घरभाडा,बैंक तथा वित्तीय संस्थाको ब्याज,विद्यालयको सुल्क छुट हुनुपर्ने,एमसीसी खारेजी लगायतको माग राखि शान्तिपुर्ण विरोध कार्यक्रम गर्ने ।
स्थान:-बिजि महल,गङ्गबु ।
समय:-१३:०० बजे ।

८.सिभिल महलका ब्यापारिहरूले लक डाउन अबधि भरि काे भाडा मिनाह गर, पसल हरू खाेल्न पाउनु पर्‍यो भन्दै प्लेकार्ड सहित शान्तिपुर्ण धर्ना कार्यक्रम गर्ने ।
स्थान :- सिभिल महलकाे पार्किङ ।
समय :- १३:०० बजे देखि १४:०० बजे सम्म ।

९.कुमार लिङ्देन नेतृत्वको संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्च,लक्ष्मण थारु नेतृत्वको थारुहट राष्ट्रिय मोर्चा,आरके खम्बु नेतृत्वको खम्बुवान राष्ट्रिय मोर्चा लगायतका ९ ओटा ‘पहिचानमा आधारित संघीय गठबन्धमा आबद्ध दल तथा संघ संगठनहरुले आ-आफ्नो पहिचान सहितको ब्यानर प्लेकार्ड सहित विरोध प्रदर्शन गर्ने साथै प्रचारात्मक अभियान,सरोकारवालाहरू संग छलफलसहित बैठक,गोष्ठी र प्रचारप्रसार गर्ने ।
स्थान:-देशभर ।
समय:-नखुलेको ।

१०.निजामति कर्मचारीहरूको आधिकारीक ट्रेड युनियनले कर्मचारीहरूको सेवा सुविधा कटौती गरी सरकारले जारी गरेको विधेयकको विरोधमा असार २५ गते देखि श्रावण १५ गते सम्म सबै प्रदेश,जिल्ला विभागस्तरमा संवद्ध सरोकारवालाहरू बीच अन्तर्क्रिया कार्यक्रम गर्ने ।
स्थान:-देशभर ।
समय:-नखुलेको ।

११.अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी ) उपत्यका समन्वय समितिले भारतले नेपालको भुमी कालापानी , लिपुलेक र लिम्पियाधुरा क्षेत्र माथिको हस्तक्षेप विरुद्ध बैशाख ३१ गते देखि भारतिय नम्बर प्लेटका गाडिहरु सन्चालनमा प्रतिबन्ध लगाउने ।
स्थान :-देशभर ।
समय : नखुलेको ।

प्रतिक्रिया दिनुहोस