असार ०३, मुगु । हिमाली जिल्ला मुगुमा यतिबेला धान रोप्ने चटारो चलेको छ । मुगु जिल्लाको उत्तरी भेगमा पर्ने सोरु गाउपालिका र परिश्चमी भेगमा पर्ने खत्याड गाउपालिका र जिल्लाको एक मात्र छायानाथ रारा नगरपालिकाकाका केही गाउँहरुमा आज भोली धान रोप्ने चटारो चलेको हो । नेपाल सरकारले जारी गरेको लकडाउन अर्थात बन्दाकन्दिी बिच आज भोली मुगाली किसानहरु सामाजिक दुरी कायम गर्दै आफ्नो खेतवारीमा रोपाईको चटारोले गर्दा विहानै देखि बेलुका सम्म खेतवारीमै रहने गर्दछन् । मुगुका किसानलाई मार्सि धान रोप्न भ्याइनभ्याई रहेको छ ।
रोपाईंको समयमा कृषकहरुले रमाइलो गरेर खेतमा नाच गान,दोहारी गित एक आपसमा रमाउदै धान रोप्ने चलन छ । विभिन्न गीत गाउँदै रोप्ने परम्पराले जिउलोमा रौनकता छाएको छायानाथ रारा नगरपालिका वडा नं ५ का किसान सिहंराज विकले बताए । । कोरोना भाईरस संक्रमण हुने डरले सबै रोपार र हलि हरुले सावधानी अपनाएका छन् । सबैले मास्क लगाएका छन्, दुरि कायम गर्दै काम गरिरहेका छन् ।पछिल्लो समयमा मार्सी धानको चामलले बजार पाएपछि कृषकमा मार्सी र स्थानिय धान रोपाईं प्रति आकर्षण बढेको छ ।
मुगुमा उत्पादन हुन स्थानिय रातो धान, मासी चामलको स्वाद निकै मीठो हुने भएकोले अहिले यसको माग बजारमा निकै बढिरहेको छ । यो बर्ष गर्त बर्षको भन्दा धान रोपाई यो बर्ष छिटो रोपिएको छ । बिश्वमा फैलिएको महाँमारि कोरोना भाईरस कोभिड १९ बिकट हिमालि जिल्ला मुगुमा पनि कोरोना संक्रमीत देखा परेको अबस्थामा नियमित धान रोप्ने समयमा रोप्नेरी र हली गोरु नभेटीने होकी भन्य हिसावले यो बर्ष १५,२० दिन पहिले नै खोत रोप्र्ने गरोको सोरु गाँउपालिका वडा नम्बर ८ का कृषक पबिर्ता रावलले बताईन ।