असार, ३ बाँके । बाँकेको कोहलपुर अस्पतालमा मृत्यु भएकी महिलामा कोरोना भएको पुष्टि भएको छ । अस्पताल भर्ना भएकी बाँकेको बैजनाथ गाँउपालिका ६ कि ४६ वर्षीया महिलाको सोमबार बेलुका मृत्यु भएको थियो ।
दायाँ फोक्सामा समस्या देखिएपछि अस्पताल भर्ना गरिएकी महिलाको सोही दिन स्वाब सङ्कलन गरिएको थियो । कोरोना परीक्षणको रिपोर्ट आउनुभन्दा एक दिनपहिले नै ती महिलाको मृत्यु भएको हो । मङ्गलबार आएको रिपोर्टमा ती महिलामा कोरोना सङ्क्रमण देखिएको हो ।
ती महिलाको आइसियुमा राखेर उपचार गरिएकोले आइसियुलाई सिल गरिएको छ भने महिलाको उपचारमा संलग्न सबै स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनमा राखिएको छ । तर अस्पतालले भने यसबारे कुनै औपचारिक जानकारी गराएको छैन ।