असार ३, दाङ । दाङको देउखुरी भालुवाङ्गमा दलित सञ्जाल राप्ती गाउँ पालिकाद्वारा राहत वितरण कार्यक्रम सम्पन्न गरिएको छ । गाउँ पालिकाको वडा नम्बर १ भित्र रहेका अति विपन्न घर परिवारलाई राहत दिने कार्यक्रम रहेको सञ्जालका अध्यक्ष शेरबहादुर सुनारले जानकारी दिएका छन् ।
विश्व मानव समुदाय कोभिड १९ कोरोना भाइरसको सङ्क्रमणबाट गुज्रिरहेको र नेपाल पनि त्यसैअनुरूप कोरोनासित जुधिरहेको वर्तमान सन्दर्भमा मानव कसरी बाच्ने र बचाउने त रु भन्ने गहन जिम्मेवारी बोकेर आफ्नो सञ्जालले सो राहत वितरण गरेको अध्यक्ष सुनारले बताएका छन् । देउखुरीको राप्ती गाउँ पालिकाद्वारा दलित तथा विपन्न वर्गका लागि चेतना शिपमूलक कार्यक्रमका लागि विनियोजन गरिएको ४ लाख रकमबाट उक्त राहत बाडिएको सञ्जालका युवा सुरज परियारले बताए । राप्ती गाउँपालिकाभित्र बसोबास गर्दै आएका अति विपन्न ६ सय ६० घरधुरीहरुलाई राहत पुर्याउने लक्ष्य रहेको सो सञ्जालका अर्का सदश्य श्रीबहादुर परियारले जानकारी गराए । जस अन्तर्गत वडा नम्बर १ मा बस्ने २ सय ०७ अति विपन्न घरधुरीले उक्त राहत प्राप्त गरेका छन् । जसमा झण्डै ३० घरधुरी गैर दलितहरुले पनि सो राहत पाउने अति विपन्न वर्गभित्र रहेका परियारले बताए ।
१ घरधुरी बराबर ५ किलो गहुँको पिठो, २ किलो दाल, १ पोका खानेतेल र १ पिस सावुन आदि राहत प्राप्त गरेका छन राप्ती गाउँ पालिका वडा नम्बर १ का वडाध्यक्ष ताराबहादुर डिसीको प्रमुख आतिथ्यतामा भएको राहत वितरणको औपचारिक कार्यक्रममा सध्जालका अध्यक्ष शेरबहादुर सुनारले गरेका थिए भने सञ्जालका युवा सदश्य अनिल परियारले औपचारिक कार्यक्रमको सहजीकरण गरेका थिए । राहत वितरण कार्यक्रम विभिन्न चरणमा गरि वडा नम्बर १ को भालुवाङ्गमा मङ्गलवार सम्पन्न गरिएको थियो ।