• २०८१ चैत्र ५ गते बुधवार

पृतनापतिमै कोरोना संक्रमण पुष्टि भएपछि ब्यारेकलाई पूर्णरुपमा सिल

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ४, महोत्तरी । महोत्तरीको सदरमुकाम जलेश्वरस्थित मध्य पृतनाका पृतनापतिमै कोरोना संक्रमण पुष्टि भएएपछि ब्यारेकलाई पूर्णरुपमा सिल गरिएको छ । पृतनापति र व्यारेकका चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएपछि करिब २ हजार सेना रहेको ब्यारेकलाई पूर्ण रुपमा सिल गरिएको हो ।

उक्त व्यारेकमा गण, गुल्म, सिग्नल गण, मेडिकल गण, विद्यालय गण लगायतमा कूल २ हजार संख्यामा सेनाहरु छन् । ब्यारेकमा कार्यरत सेनाका जवानहरूमा संक्रमण बढ्न नदिन उनीहरुलाई आवतजावतमा समेत रोक लगाइएको छ ।

प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्रीका अनुसार संक्रमित पृतनापति र चिकित्सक दुवैलाई उपचारका लागि सेनाकै गाडीमा काठमाडौँ पठाइएको र उनीहरुको उपचार काठमाडौँस्थित सशस्त्र प्रहरीको आइसोलेशनमा भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस