जेष्ठ ४, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाल काँग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले ल्याएको नीति तथा कार्यक्रम कोरा कागज जस्तै भएको बताउनुभएको छ । सरकारले सबैको अभिभाबक भएको अनुभुती दिन नसकेको पनि बताउनु भयो ।
आइतबार सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सभापति देउवाले सरकारले ल्याउने नीतिले वर्तमान जटिल अवस्थाको सम्बोधन गर्ने अपेक्षा गरिएपनि त्यसअनुकुल नआएको दावी गर्नुभयो । सरकारमा कोरोनाले गर्नसक्ने क्षतिबारे ज्ञान नभएको, जनताको संवेदना बुझ्न सक्ने हृदय नभएको र यस्तोवेला जनतालाई आस्वस्त पार्ने योजना नभएको देउवाले आरोप लगाउनुभयो ।
सभापति देउवाले कोरोनाको चार महिना भएको अवस्थामा परीक्षण थोरै हुनु, स्वास्थ्य उपकरण अभाव हुनु, प्रभावबाट मार्कामा परेकालाई उचित राहतको व्यवस्था नहुनु, देशभित्र र बाहिरका मानिसलाई सुरक्षित स्थानामा पुर्याउन नसकेकाले सरकार भएको अनुभव जनताले गर्न नसकेको भनाइ छ ।
उहाँले कोरोना विरुद्धको लडाँइमा अघिल्यो मोर्चामा रहेर काम गरिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी र सरसफाइकर्मीलाई धन्यवाद समेत व्यक्त गर्नु भयो ।