• २०८१ साउन ८ गते मङ्गलवार

जबरजस्ती नेपाल प्रवेश गर्न खोजेपछि हवाई फायर

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेष्ठ ४, झापा । नेपाल-भारत सीमावर्ती क्षेत्रमा पर्ने झापाको कचनकवल गाउँपालिका–१ घेराबारीमा भारतीय नागरिकहरु जबरजस्ती नेपाल प्रवेश गर्न खोजेपछि सशस्त्र प्रहरीले हवाई फायर गरेर रोकेको छ । शनिवार साझ नेपाल प्रवेश गर्न खोज्ने भारतीयलाई सशस्त्र प्रहरीले हवाई फायर गरेर रोकेको हो ।

उनीहरुलाई रोक्ने क्रममा सुरक्षाकर्मी माथि नै आक्रमणको प्रयास भएपछि हवाई फायर गर्नुपरेको हो । हवाई फायरपछि उनीहरु भारत तर्फनै फर्केका छन् ।सशस्त्र प्रहरी स्रोतका अनुसार पिलर नम्बर १२५/१० रहेको स्थानबाट १ सय ५० भारतीयहरू जबररजस्ती नेपाल प्रवेश गर्न खोजेका थिए ।

प्रतिक्रिया दिनुहोस