• २०८० असोज ४ गते बिहिवार

आजकौ मौसम : अपरान्हपछि मेघगर्जन सहित वर्षाको सम्भावना

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ४, काठमाडौं । आज दिउँसो देशको पूर्वी भू-भागमा सामान्य बदली र मध्य तथा पश्चिमी पहाडी भू-भागहरुमा आंशिक बदली रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहनेछ। पूर्वी भू-भाग लगायत मध्य तथा पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरुमा अपरान्हपछि मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ। यस्तै राती देशको पूर्वी पहाडी भू-भागमा लगायत मध्य तथा पश्चिमी पहाडी भू-भागहरुमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। पूर्वी भू-भागका एकरदुई स्थानमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुको प्रभाव रहेको देखिन्छ। जसका प्रभावले देशको पूर्वी भु-भागमा आन्शिक बदली र बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहेको देखिन्छ ।

महाशाखाले पूर्वी भू-भाग लगायत मध्य तथा पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन हुन सबैमा अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस