• २०८२ बैशाख २९ गते सोमवार

थप सशक्त बन्यो बाँकेमा लक डाउन, ६ ठाँउमा हेल्प डेक्स

सागर थापा पढ्न लाग्ने समय : १ मिनेट

बैशाख ५, बाँके । बाँके जिल्ला अन्तरगत इलाका प्रहरी कार्यालय कोहलपुरले जारी लकडाउनलाई अझै सशक्त बनाएको छ । विश्वभर महामारीको रुपमा फैलिएको नोबेल कोरोना भाइरसको प्रभावबाट आम नागरिकहरुलाई सुरक्षा गर्नका लागि सो कदम चालिएको हो ।

बाँकेमा राजमार्गमा सवारीसाधनहरुको आवागमनलाई पनि अब कडाइसाथ जाँच गर्ने ब्यवस्थापन गरिएको छ । जिल्लाका ४ स्थान कुसुम बजार, मानखोला नजिकैको सम्झना चोक, कोहलपुर चौराहा चोक र नेपालगञ्जको धम्बोजी चोकमा स्वास्थ्यकर्मीहरु सहितको नागरिक सहायता कक्ष सञ्चालनमा ल्याइएको छ । बैशाख ४ गतेदेखि नै सो सहायता कक्ष शुरु गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय बाकेको पहलमा नेपाली सेना, स्वास्थ्यकर्मी र स्थानीय स्तरको सहयोगमा उक्त सुरक्षा नीति लागू गरिएको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख डिएसपी कुलदिप चन्दले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस