• २०८१ बैशाख १३ गते बिहिवार

लायन्स क्लब अफ काठमाडौं तार्केश्वोरद्धारा प्रहरी र वृद्धाश्रममा सहयोग

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख ५, काठमाडौं । लायन्स क्लब अफ काठमाडौं तार्केश्वोरले नागरिक र जनता हरु को लागी अहोरात्र खटिने नेपाल प्रहरी र वृद्धाश्रममा छुट्टाछ्ट्टै सहयोग गरेको छ । लायन्स क्लब अफ काठमाडौं तार्केश्वोरले बालाजु प्रहरी वृतका प्रहरीहरु सुरक्षित रहन को लागी मास्क १०० पिस, सेनिटाइजर ३ लिटर, पानी २० कार्टुन, पन्जा २ बाकस र ५ फिनेल ३ लिटर प्रदान गरेको छ ।

यस्तै हिमालयन वृद्धा आश्रममा सरसफाइका सामानका साथै केहि खाद्यान्न सामानहरु वितरण गरिएको छ । हिमालयन बृद्धा आश्रममा मास्क १०० पिस, सेनिटाइजर ३ लिटर, हार्पिक ३ बोतल फिनेल ५ लिटर र मिश्री ५ किलो वितरण गरिएको हो ।

कोरोना भाईरसका कारण लकडाउन गरिएको अवस्थामा सामाजिक उत्तरदायित्व अन्त्रगत नेपाल प्रहरी र वृद्धाश्रममा सरसफाईको सामाग्री वितरण गरिएको हो । लायन्स क्लब अफ काठमाडौं तार्केश्वोर, लायन्स क्लब अफ काठमाडौं तार्केश्वोर पाच्माने, लायन्स क्लब अफ काठमाडौं तार्केश्वोर बालाजु, लायन्स क्लब अफ काठमाडौं तार्केश्वोर गोलढुङ्गा र लायन्स क्लब अफ काठमाडौं साझा फुलबारीे सम्युक्त रुपमा सामाग्री वितरण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस