वैशाख ५, काठमाडौं । नेपालमा एकैदिन १४ जना कोरोना भाइरस (कोभिड(१९) का संक्रमित थपिएका छन् । उदयपुरमा १२ जना र चितवनमा दुई नेपालीमा कोरोना संक्रमण पुष्टि भएको हो ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ । जस मध्ये आज मात्रै १४ जनामा नयाँ पुष्टी भएको छ | उदयपुर जिल्लाका १२ जना क्रमश ३४, २९, २६, २८, २८, २८, २८, २२, २५, २०, ४० र २९ वर्षका पुरूष रहेका छन भने चितवन जिल्लाको २ पुरुष २७ र ६३ बर्षिय रहेका छन ।