• २०८० असोज ११ गते बिहिवार

चीनको राजदूतमा महेन्द्रबहादुर पाण्डे नियुक्त

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख ५, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले महेन्द्र बहादुर पाण्डेलाई चीनको राजदूतमा नियुक्त गर्नुभएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले शुक्रबार नेकपा नेता समेत रहेका पाण्डेलाई चीनको आवासीय राजदूतमा नियुक्त गर्नुभएको हो ।

नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा पाण्डेलाई राष्ट्रपतिले गणतन्त्र चीनका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस