• २०८१ बैशाख १३ गते बिहिवार

हस्तान्तरणदेखि रुपान्तरणसम्म पुग्न खोज्दा

खिम राज गिरी पढ्न लाग्ने समय : २ मिनेट

नेपाली राजनीतिमा बेला बेलामा ब्यबस्था हस्तान्तरण त भयो तर प्रतिकृयाबादी, सत्ता स्वार्थी, लम्पसारबादी, प्राकृतिक प्रकोप आदिले जनताको जीवन रुपान्तरण हुन सकेन । गरीबको घरमा चुला त बले तर खाना पाकेन, किसानका पाखाबारीमा सिचाइ गर्ने सम्बन्धमा कुरा र कुला त गए तर पानी गएन ।

डेमोक्र्याटहरु प्रजातन्त्रबादी त भए तर उदारबादी भएनन, म्यानेजरको भरमा सरकारी उध्योगहरु चलाउन त खोजियो तर सबै कौडिको भाउमा दौडिए ,गन्डकी , कोशी, कर्णालीको आत्माले कति सरापेको छ, कुनै कुनै कम्युनिस्टहरु क्रान्तिकारी त भए तर दिल्लीको मामलामा आज्ञाकारी नै भइरहे, सात सालमा राणा गए, राजासहितको प्रजातन्त्र आयो, पुरानो अबशेष र मालिकमा बिन्ती चढाउदैमा सत्र सालमा पन्चायती ब्यबस्था आयो अनि राजा महेन्द्रको शासन काल शुरु भयो , ३६ सालको जनमत र ४२ सालको बम कान्डले नेपालको राजनीतिमा केही हलचल मच्चायो र ४६ सालको आन्दोलनलाइ टेवा पुग्यो । तत्पस्चात राजतन्त्रात्मक बहुदलिय ब्यबस्थाको शुरुवात भयो । तत्काल बालुवाटारको करिब ११६ रोपनी जग्गा सुबर्ण शमशेरको परिवारलाइ हस्तान्तरण गरियो र प्रजातन्त्रको धज्जी पनि त्यतिखेरदेखि उडाउन शुरु गरियो ।

प्राय दलका केही नेताहरु एकातिर आधुनिक राज्य प्रणालीको कथा सुनाउथे भने अर्कोतिर कुर्चिको लागि दरबार धाउने प्रचलन पनि कायमै थियो । ५२ साल पछिको त्यो एक दशकले नेपालमा गणतन्त्रात्मक शासन ब्यबस्था ल्याउन टेवा पुग्यो र ६२६३ को आन्दोलन पस्चात राजा सत्ताच्युत हुन पुगे र दलहरु करिब ८ बर्षसम्म जम्भो सासद लिएर सम्बिधान सभाबाट सम्बिधान बनाउने गृहकार्यमा जुटेपस्चात २०७२ सालमा नया सम्बिधान ल्याइयो र नेपाल गणतन्त्रातमक शासन ब्यबस्था अबलम्बन गर्ने मुलुक बन्यो ।

देशमा तीन तहको चुनाब भयो र तीनै तहमा अहिले ने क पा को बहुमतको सरकार पनि बन्यो र हाल देसले पहिला भन्दा हरेक क्षेत्रमा काचुली पनि फेरेको छ र अरु कयौ क्षेत्रमा फेरिने अबस्था हुदा हुदै सरकार चलाउने केही मन्त्रीहरुको अकर्मन्यताको कारण सिङ्गो रथमा केही धज्जी त उड्ने नै भयो तैपनि देसमा राजनीतिक स्थिरता कायम हुदा हुँदै पनि कहिले प्राकृतिक बिपती त कहिले सरकार चलाउने पात्रहरुको प्रबृति, त कहिले बिपक्षि दलहरुको बिरोधि स्वभावको कारण देसमा बिकासको गति अगाडि बढ्न केही असहज भइरहदा फेरि अर्को बिपत्ती लाग्यो कोरोनाको ।

विस्वव्यापीरुपमा फैलिएको यो कोरोनाको कारणले ठुलै धनजनको क्षति हुदैछ र आर्थिक क्षेत्र पनि जर्जर हुने अबस्थामा छ । नेपाललाई पनि आर्थिकरुपमा केही पछाडि धकेल्छ नै । तैपनि बिगतदेखि झुपडी र चप्पलको भरमा थेग्गिएको राजनीतिमा आज सत्ताको हस्तान्तरण भएपनि बिकासको गतिमा नभइ कतै बिगतको जस्तै सुटेड बुटेड र महलको रुपान्तरणमा त जोडिने होइन ?

प्रतिक्रिया दिनुहोस