बैशाख ५, रोल्पा । सुनिलस्मृति गाउँपालिका सुलिचौर रोल्पामा रहेका निजी क्षेत्रका स्वास्थ्यकर्मीहरुबाट शुक्रबार माक्स र सेनिटाइजर सुनिलस्मृति गाउँपालिकालाई हस्तान्तरण गर्नुभएको छ । हस्तान्तरण सामाग्रि बुझ्दै गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीले आगामी दिनहरुमा पनि स्थानीय सरकार र निजी क्षेत्रका स्वास्थ्यकर्मीहरु विच सहकार्य गर्दै अगाडि बढ्न तयार रहेको अध्यक्ष घर्तीले बताउनुभयो ।
उक्त सामाग्रिहरु अमृत बहादुर घर्ती नवजिवन क्लिनिक, भक्त बहादुर मियाँ न्यू नेशनल मेडिकल, बुध्दु मिया जनसेवा मेडिकल, नारायण प्रसाद रिजाल नारायण मेडिकल, दामोदर भुषाल जिवन अनमोल मेडिकल, सुमन खड्का मिलन उपचार केन्द्र, युवराज पौडेल आँचल स्वास्थ्य क्लिनिकबाट १०५० सर्जिकल माक्स र ३ थान सेनिटाईजर हस्तान्तरण गर्नुभएको हो विपदको यस घडिमा साथ र सहयोग गर्न सवैलाई आह्वान समेत गरिएको गाउँपालिका प्रेस संयोजक आशिष भारद्धाजले बताउनुभयो ।