• २०८० असोज ११ गते बिहिवार

आजको मौसम : मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख ५, काठमाडौं । आाज दिउँसो देशभर सामान्यतया बदली रहने छ। देशका मध्य र पूर्वका केही स्थानहरु र पश्विमीका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको संभावना रहेको छ। यस्तै राती देशभर आंशिक देखि सामान्य बदली रहनेछ। पहाडी भू-भागका थोरै स्थान र तराईको एक दुई स्थानमा वर्षाको सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशमा स्थानीय वायुको प्रभावका साथै पश्विमी वायुको प्रभाव रहेकोले देशको पूर्वी र पश्चिमी भू-भागका साथै मध्यका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ ।

मौसम महाशाखाले देशका केही स्थानहरुमा मेघ गर्जन, चट्याङ्ग, हावाहुरी र असिना सहित वर्षा हुन सक्ने देखिएकोले सतर्कता अपनाउन हुन सबैमा अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस