कोरोना भाइरसको कारण संसारभर लकडाउनकाे अवस्था रहकाे छ । सबैतिर त्रासको बातावरण बनेको छ । चिनबाट सुरु भएको कोरोनाको प्रकोपले विश्वभर एकलाख भन्दा बढि मान्छेको मृत्यु भइसकेको छ । कोरोना भाइरस फैलन नदिनकाे लागी नेपाल सरकारले बिभिन्न कार्यक्रम गर्दै आएको छ । कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सरकारले चैत १० गते मन्त्रिपरिषद्को बैठकले कोरोना भाइरसको संक्रमण फैलन सक्ने खतरा देखिएकाले देशभर लकडाउन गर्ने निर्णय गरेको थियो । यहि अनुसार चैत ११ गते बिहान ६ बजे देखि चैत १८ सम्म लागू हुनेगरी पूरै देश लकडाउन गर्ने निर्णय गरिएको थियो ।
लकडाउनको अवधि सकिन दुई दिनअघि कोरोना रोकथाम सम्बन्धी उच्चस्तरीय समन्वय समितिले लकडाउनको अवधि थप गर्नुपर्ने निर्णय गरेको थियो । लकडाउनको समयाबधि चैत २५ गते सम्म पुयाएको थियो । कोरोना संक्रमणको जोखिम अझै रहेको भन्दै सरकारले लकडाउनको समयावधि लम्ब्याउने निर्णय लिएको थियो । त्यो बेलासम्म नेपालमा ५ जनामा कोरोनाको संक्रमण देखिइसकेको थियो । सरकारले चैत २४ गते फेरि दुई हप्तादेखि जारी लकडाउनलाई वैशाख ३ गतेसम्म थप गर्ने निर्णय गरेको थियो । नेपाल सरकारले लकडाउनको सायमविधी १२ दिनका लागि थपेर बैशाख १५ गतेसम्मका लागि पुराएको छ भने हालसम्म आउदा नेपाल १६ जनाका कोरोना संत्रमणको प्रमाणित भैसकेको छ ।
सरकारले चैत ४ गते देखि नै सामाजिक दुरी कायम गर्ने र ठुला भोज, समारोह गर्न रोकिसकेको थियो भने विदेशबाट आएकाहरुलाई करेनटाइनमा राख्ने र भाइरस संक्रमण रोक्न सार्वजनिक सुचना देखि मोवाइलको कलब्याक टोनमा समेत कोरोनाको सन्देश बच्ने गरिएको छ । विदेशबाट नेपालमा आएका सबै नेपालीलाई अनिवार्य स्वास्थ्य जाँच गर्न सार्वजनिक सुचना जारी गरियो । यति हुदाँहदै पनि पेप्सीकोला टाउनप्लानिङस्थित सनसिटी अपार्टमेन्टमा बस्ने एकै परिवारका आमा, छोरा र बुहारीलाई कोरोना पोजिटिभको आशंकामा पाटन अस्पताल भर्ना गरिएको जानकारी आएको छ । चैत ५ गते बेलायतबाट आएका उनिहरु त्यस ठाउमा ५ गते देखि बस्दै आएको जानकारीमा आएको छ ।
नेपालको दुर्गम भुभाग भनौ वा राज्य सत्ताको पहुच नपुगेको कुनै पनि विदेशबाट आएको नेपाली आफ्नै समाज, समुदायबाट हेयको दृष्टिकोणबाट हेरिदै आएको समाचारमा पढ्न पाईन्छ । अझ सिनामंगलमा एक युवा त पुलिस चौकीमा समेत पुगेको भन्ने कुरा आएको थियो । कति नेपाली सिमानामा अलपत्र परेको समाचार पनि सुनिदै आएको हो तर सनसिटी अपार्टमेन्टमा बस्ने बेलायतबाट आएकाहरुको हकमा कता गए ति सबै राज्यको नियम र साबधानीको उपायहरु । त्यसैपनि उनिहरु आएपछि सनसिटी अपार्टमेन्टमा आन्तरिक चुनाव भएको त्यसमा २५० भन्दा बढि मानिसहरु सामेल भएको भन्ने पनि कुरा आएको छ । के ति बेलायतबाट आएर सनसिटीमा बस्ने ति मानिसको ठाँउमा कुनै गरिब र राज्य संयन्त्रसँग पहँच नभएको मान्छे थियो भने के हुन्थ्यो ? जान्ने सुन्नेले जे गरेपनि हुन्छ भन्ने प्रवृतीको अन्त्य कहिल्यै हुदैन हो ?