• २०८२ जेष्ठ ४ गते शनिवार

पुर्व सभामुख महराले पाए सफाइ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन ५ काठमाडौ ।काठमाडौं जिल्ला अदालतले सोमबार निवर्तमान सभामुख कृष्णबहादुर महरालाई बलात्कार उद्योगको मुद्दामा सफाइ दिएको छ । जिल्ला अदालतका न्यायाधीश अमरराज पौडेलको इजलासले उनलाई सफाइ दिएको हो ।

संसद सचिवालयकी कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपमा महरामाथि मुद्दा लागेको थियो । यसअघि काठमाडौं जिल्ला अदालतले महरालाई कसूरदार होइन भन्न नसकिने भन्दै पुर्पक्षका लागि थुनामा पठाएको थियो ।

प्रतिक्रिया दिनुहोस