फागुन ५, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले साेमबार मन्त्रीपरिषद पुनर्गठन गरि निवर्तमान उपसभामुख शिवमाया तुम्वाहाङ्फेलाई कानुनमन्त्री बनाउने हुनुभएको छ ।
तुम्वाहाङ्फेलाई आजै कानुनमन्त्रीको रुपमा शपथ ग्रहण गराउने तयारी गरिएको स्रोतले जानकारी दियो ।उपेन्द्र यादवले राजिनामा दिएपछि रिक्त रहेको कानून मन्त्रालयको जिम्मेवारी स्वास्थ्य मन्त्री भानुभक्त ढकालले सम्हाल्दै आउनु भएको छ ।