असोज ३० मुगु । जिल्ला प्रहरी कार्यालय मुगुले ६५ औ प्रहरी स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रम गरि मनाएको छ । जिल्ला प्रहरी कार्यालय मुगुले विविध कार्यक्रमको आयोजना गरि सम्पन गरेको हो ।
शुक्रबार बिहान एक औपचारिक कार्यक्रम भब्यताका साथ सम्पन्न गर्दै बर्षभरी उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारी , द्धन्द्ध कालमा मृत्यु भएका अमर प्रहरी परिवारका सदस्यहरु लाई सम्मान तथा पुरस्कार वितरण गरिएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।
कार्यक्रमका प्रमुख अतिथि तथा जिल्ला समन्वय समितिका प्रमुख पुर्ण बहादुर रोकायाले उक्त कार्यक्रममा पुरस्कार वितरण तथा सम्मान गर्नु भएको थियो । जिल्ला प्रहरी कार्यालय मुगुले प्रहरी निरिक्षक भिमदत्त जोशि, प्रहरी नायव उपरिक्षक १ जना, प्रहरी सहायक २ जना, प्रहरी हवल्दार १ र प्रहरी जवान २ जना लाई उत्कृष्ठ कार्य गरे बापत पुरस्कार वितरण गरिएको प्रहरी निरिक्षक नरेश विकले बताउनु भयो ।
कार्यक्रममा जिल्ला समन्वय प्रमुख, छायानाथ रारा नगरपालिकाका उपमेयर सुन्तला रोकाया, उद्योग वाणिज्य संघ मुगुका अध्यक्ष कमल बुढा, सशस्त्र प्रहरी बल, नेपाली सेना, पत्रकार तथा अन्य गैरसरकारी संघ संस्थाका प्रमुख ,प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।
कार्यक्रमका अध्यक्ष तथा प्रहरी नायव उपरीक्षक चित्र बहादुर भट्टराईले सामाजिक अपराध न्युनिकरण गर्न नागरिक प्रहरी सहकार्य अझ मजभुत हुनुपर्ने बताए ।