असोज ३०, काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले संघीय प्रणालीमा रुपान्तरण हुनका लागि तयार रहन प्रहरी अधिकारीलाई निर्देशन दिँदै लकडाउन र कोरोना संक्रमणका कारण नयाँ सुरक्षा चुनौती थपिएको बताएका छन् । आज ६५ औं प्रहरी दिवसको अवसमा नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा बोल्दै मन्त्री थापाले प्रहरीको हजारौं राम्रो कामको वेवास्ता र औंलामा गन्न सकिने केही कमजोरीको प्रचार गर्ने प्रवृत्ति रहेको उल्लेख गर्दै प्रहरीलाई तेजोबध नभई रचनात्मक सुझाव अहिलेको आवश्यकता रहेको बताए ।
‘भूमिगत समूहले चन्दा असुली गर्ने प्रयास गरिरहेका छन्, त्यस्ता समूहलाई निस्तेज पार्न प्रहरीले कतै सम्झौता गर्ने छैन भन्ने मेरो विश्वास छ,’ थापाले भने–‘ शान्ति मिसनमा थप सहभागीता गराउन सम्बन्धित निकायसँग समन्वयका लागि सुझाव दिन्छु ।’ साथै मन्त्री थापाले प्रहरीको रासन सुविधा र कल्याणको कार्यक्रम समानुकुल सुधार गर्न आफू तयार रहेको बताएका छन् ।