बक्त मेहरवान हुँदा गधा पहलवान हुन्छ,
भन्छन जिवन धान्न सजिलै उखान हुन्छ।
ढुङ्गालाई मन्दिरमा राख्दा देवता संझिने,
सुन चाँदी चडाउँने झनै कदर दान हुन्छ।
त्यो कहिले बोलेन तिम्रै अन्तरत्मा बोल्दा,
त्यही आफ्नो मन बुझाउँन आसान हुन्छ।
हो मलाईझैँ पुजारीलाई पनि थाहाछ ढुङ्गै,
कसै लाई त अस्था कसैलाई बथान हुन्छ।
बुझ्नेे भन्छन बस्छ मान्छेको मनमा देवता,
उनै सँग हेर्ने आँखा र सुन्नलाई कान हुन्छ।
कसैलाई अथियार चाहिदैन त्यो छुट्टै कुरा,
तिनी सँग ता मुटु रेट्न सक्ने जवान हुन्छ।
भुक्त भोगी सेते सँग सोधन बेला बखतमा,
त्यो मौका परस्तहरुको पनि सम्मान हुन्छ।