भदौ ३१ , काठमाडौं । प्याज कालाबजारी गर्ने चारजना ब्यापारीलाई प्रहरीले पक्रेको छ । उद्योग बाणिज्य तथा आफुर्तिमन्त्री लेखराज भट्टले बुधवार बजार अनुगमन गर्दा कालोबजारी गरेको भेटेपछि उनिहरुलाई पक्रन प्रहरीलाई आदेश दिएका थिए ।
पक्राउ पर्नेमा काभ्रे घर भएका ३० वर्षीय सुनिल केसी, ३१ वर्षीय उपेन्द्र केसी, ४६ वर्षीय सर्दिप तन्डुकार र बारा घर भएका ५० वर्षीय हरिनारायण शाह कलवार छन् । मंगलबार सम्म ४८ रुपैयाँमा बिक्री भईरहेको प्याज उनीहरुले १ सय २० रुपैयाँ प्रतिकेजी बेचेको अनुगनको गर्दा फेला परेको थियो । भारतले निर्यात रोकेको बहनामा ब्यापारीले स्टोर गरेको प्याज महङ्गो मूल्यमा बेचेका हुन् ।