• २०८२ जेष्ठ ४ गते शनिवार

बढी मूल्यमा प्याज विक्री गर्ने एक व्यवसायी पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भाद्र ३१, काठमाडौँ । बढी मूल्यमा प्याज विक्री गर्ने एक जान व्यवसायीलाई बुधबार बल्खु बजारबाट प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिकाको अनुगमन टोलीले सुनिल केसीलाई बढी मूल्यमा प्याज विक्री गरेको अवस्थामा फेला पारेर नियन्त्रणमा लिएको हो ।

टोलीले कानुनी कारबाहीका लागि केसीलाई महानगरीय प्रहरी वृत्त, कालिमाटीको जिम्मा लगाएको छ । उनको पसलबाट दुई सय ४० बोरा प्याज पनि बरामद गरिएको छ । अनुगमनका क्रममा वाणिज्य विभागले अन्य ७ वटा पसललाई हाजिर भएर जरिवाना तिर्न भन्दै पूर्जी काटेको छ ।

सोमबारसम्म प्याजको मूल्य प्रति किलो ७६ रुपैयाँ थियो । तर उनीहरुले एक सय ३० रुपैयाँ प्रतिकिलोमा प्यास विक्री गरेको पाइएको अनुगमन टोलीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस