• २०८२ जेष्ठ २ गते बिहिवार

दाङमा करेन्ट लागेर ३ को मृ’त्यु

मनोज डाँगी पढ्न लाग्ने समय : १ मिनेट

भाद्र ३०, दाङ । दाङमा करेन्ट लागेर मंगलबार अपराह्न १ बजेतिर तीन बालबालिकाको मृ’त्यु भएको छ। जिल्लाको घोराही उपमहानगरपालिका – १० उत्तरअम्राइमा करेन्ट लाग्दा सोही ठाउँका चार वर्षीया रेणुका चौधरी, आठ वर्षीय प्रशान्त चौधरी र तीन वर्षीय अमृत चौधरीको मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी दाङका सूचना अधिकारि नायब उपरीक्षक सुमित जानकारी दिए ।

स्थानीयवासी एक व्यक्तिको निधन भएका घरमा शुद्धशान्तिका लागि मोटर जोडेर कुलामा पानी तानिरहेका अवस्थामा सोही पानीमा पौडी खेलिरहेका उनीहरुलाई करेन्ट लागेको हो । मृ’त बालबालिकाको शव राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस