• २०८१ असार ९ गते शनिवार

रोल्पामा ग्लोबल आईएमई बैंकका एक कर्मचारीमा कोरोना पुष्टि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

श्रावण ३२, रोल्पा। रोल्पा सदरमुकाममा रहेको ग्लोबल आईएमई बैंकमा गत साता नेपालगञ्जदेखि सरुवा भएर आएका एक जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । बैकको कर्मचारीमा कोरोना संक्रमण भएपछि लिवाङ बजार आतंकित बनेको छ।

बैंकका दुईजना कर्मचारीको परीक्षण गरिएकोमा एकजनालाई संक्रमण देखिएपछि बैंकमा कार्यरत सबै कर्मचारीको पिसिआर परीक्षणका लागि स्वाब निकालिएको छ। प्रमुख जिल्ला अधिकारी नरेन्द्रकुमार रानाका अनुसार पोजेटिभ ब्यक्तिसंग फस्ट कन्ट्याक्टमा रहेका सबैको स्वाब परीक्षण गरिने छ। कन्ट्याक्ट ट्रेसिङ गरिएका १८ जनाको स्वाब परीक्षणका लागि दाङ पठाउने तयारी गरिएका स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन अरुण भिटुले बताए। उनका अनुसार बैंक कर्मचारी बाहेक रोल्पाका अन्य दुईजनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ।

गत २८ गतेदेखि बैंक बन्द गर्दै त्यहाँ कार्यरत सबै कर्मचारीहरुलाई होम क्वारेन्टिनमा बस्न भनिएको थियो। नेपालगञ्जबाट सरुवा भएर रोल्पा आएका बैंकका कर्मचारीहरुले गत आइतबारदेखि कार्यालयमा काम सुरु गरेका थिए। ग्लोबल आईएमई बैंकका एक जना कर्मचारी मालपोतको काउन्टरमा बस्ने भएका कारण मालपोतको सेवा प्रबाह पनि बन्द गरिएको छ।

प्रतिक्रिया दिनुहोस