• २०८२ बैशाख ४ गते बिहिवार

मुगुमा तपाईको मास्क खोई ?

खड्क सुनार पढ्न लाग्ने समय : २ मिनेट

श्रावण ३२, मुगु । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय मुगुको आयोजनामा, नेपाल रेडक्रस सोसाइटि मुगु, बिभिन्न सरकारी तथा गैर सरकारी सघं सस्थाका प्रमुख एवं प्रतिनिधिहरु, पत्रकारहरुको संयुक्त अभियानमा “तपाईको मास्क खोई ?” अभियान सञ्चालन भएको छ । जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरिक्षक भुवनेश्वर प्रसाद शाहको संयोजकत्वमा यो कार्यक्रम आयोजना भएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।

कार्यालयका अनुसार पछिल्लो समय विश्व महामारीको रुपमा फैलिरहेको नोवेल कोरोना भाईरस कोभिड १९ को सक्रमणले विश्वनै आक्रान्त भईरहेको अवस्थामा र छिमेकि जिल्ला लगायत नजिकैको खत्याड गाउपालिकामा कोभिड १९ को संक्रमण भएकाले यस बाट बच्नको लागि सदरमुकाम गमगढी बजारमा आईतवार अवरान्ह ५ बजेतिर स्वयम डिएसपि शाह आफै निस्कि बजारका साना तथा ठुला पसल, आवात जावत गर्ने स्थानीयवासि लाई कोरोना भाईरस सम्बन्धि जानकारी दिने गरेको प्रहरी निरिक्षक नरेश विकले जानकारी दिए । उनका अनुसार यो अभियान गृह मन्त्रालयबाटै निर्देशना अनुसार आफुले यो अभियान सञ्चालन गरेको विकले बताउनु भयो । अभियानमा जिल्ला प्रहरी कार्यालय मुगुका सुरक्षाकर्मी, पत्रकार, संघ संस्था, राजनितिक दल लगायत अन्यको उपस्थिती रहेको थियो ।

कार्यक्रममा कोरोना भाईरसको सचेतना सम्बन्धी प्लेकार्डहरु तथा ‘तपाईको मास्क खोई’ भन्ने फ्लेक्स ब्यानर सहितको कार्यक्रम छायानाथ रारा नगरपालिका वडा नं १ स्थित अदालत चोक बाट शुरु भई उक्त एरियाको टोलहरूमा गई बजार तथा भित्री टोलहरूमा ओहोर दोहोर गर्ने सर्वसाधारण व्यक्तिहरुलाई पर्जा पम्प्लेट बितरण गर्नुका साथै ‘तपाईको मास्क खोई’ भन्ने फ्लेक्स ब्यानर विभिन्न चोकहरूमा प्रशिक्षण गराईको थियो ।

प्रतिक्रिया दिनुहोस